Pages

Subscribe:

Thursday, March 7, 2013

लेखक [कविता ]


लेखक





कलमले घोटेर चलाएको जिन्दगी
मसी जस्तो घिसारी यँहासम्म आउँदा
सेतो कागज युद्दभुमी लाग्छ
कुनै भिक्टोरिया क्रशको लोभमा होइन
आफुलाई आफै लडाकु झैं लाग्छ



कतै चिहानघर
आफ्नो रुचि,इच्छा, चाहनाको
बसन्त शिशिर जस्तो
शिशिर उजाड मरुभूमि जस्तो
बेमौसमी झरीको थोपा
जिन्दगीमा पर्दा बेला बेला
यत्ति हो पाएको मैले
त्यो कथाकथित आत्मसन्तुष्टि



दाँया फलामे काँडेतार
बाँया अन्धो डण्डा
कुनै धारिलो धारमा हिंडे जस्तो
बडो होश पुर्याउँ भन्दा भन्दै
होश घुमाउँदा वा जानी जानी
बिर्सिदा
यत्ति हो जिन्दगी देख्दा देख्दै
आँखामा पट्टि हाली गरेको एक यात्रा .....!!!!   
 

0 प्रतिक्रिया:

Post a Comment