Pages

Subscribe:

Tuesday, March 5, 2013

नयाँ कोठा [कबिता]

नयाँ कोठा






अपरिचित भित्ताहरु
प्रत्येक भेटमा स्वागत पनि
नगरे जस्तो
मैले मित लाउन नसकेको
यो नँया परीबेश
यो नँया कोठा ।



मेरो नँया साथी
पुरानो टेबल नँया पोलिसले टल्काइएको
किचनर्याक बिना शिसाको
ठुलो रहरले किनेको
एउटा डबल लोबेड
अरु भन्टाङ्भुन्टुङ



ठुला झ्यालका द्र्‍श्य परिधी
मैले चिह्याएर हेर्न नसक्ने
पल्लो घरको झ्याल
अनी अलग अलग अनुहार
म आफु भिझ्न नसक्ने
हो यो नयाँ कोठा



मैले चिन्न नसक्ने भएको
यो हावा, घाम,पानी अनी धरातल
म नँया कोठामा नँया मान्छे
वा पुरानो कोठामा नँया मान्छे
म भर्खरै कोठा सरेको
एक आम मान्छे ।

0 प्रतिक्रिया:

Post a Comment