Pages

Subscribe:

Sunday, October 28, 2012

कविता - बिम्ब

                                                          बिम्ब



                           अपसोच बिम्बै बिम्बको शब्दहुलमा
                           म यथार्त भेट्न सक्दिन 
                           कुनै मुल्यवान चिज जस्तै
                           पराइ आँखाबाट बचाउदै
                           पराइ आँखाको लागि
                           उपहार यो कस्तो ? खोतल्दा खोतल्दै
                            दिन जाने



                            मेरो बुझ्ने लालसा बदो दुश्शाहसी
                            खोतल्ने यी नंग्रा कती बलिया ?
                            तर ब्रम्हज्ञान ती खुल्दैनन यी चेतनामा
                            म बुझ्दिन कठै, ती नबुझ्ने गरी बुझाईएका वाक्यांश
                            म चिन्दिन ती नदेख्ने गरी देखाइएका शब्दचित्र




                            ती सरमले लुकाइएका लाज जस्तै
                            वा अहमले बन्दी कुनै कैदी
                            वा कलाको कुनै नौलो स्वरुप
                            मेरो टुसे ज्ञानको ढोकाबाट नछिर्ने कुनै
                            मिलेको फर्निचर जुन नछिरेर नमिलेको
                            हो म बुझ्दिन ती अव्याकरणिय समिकरण
                            ती जोड, घटाऊ , गुणा , भागा
                            फिल्टर  गरेर पिउँनु पर्ने पानी जस्तो
                            फोहोरी, भद्रगोल शब्दको ताण्डब
                            अँह म बुझ्दै बुझ्दिन बिम्बै बिम्बको भिड
                            म जान्दिन गुजुल्टो फुकाउन 
   

Wednesday, October 17, 2012

अब्यक्त प्रेम [ कथा ]

                                   न्यूरोट गेट अगाडी अभ्यस्त यी मेरा आँखाहरु परिचित अनुहार खोजिरहेका छन् । आँखा गेटतिरवाट आइरहेको भिडमा अडेको छ । बेला बेलामा अगाडीको शनिश्चरे मन्दिरतिर पनि हेर्र्छु ।
मैले कुर्दा कुर्दै ४÷५ वटा संयुक्त यातायात छुटाइसकेको थिएँ । कहिले काँही बाहेक हरेक चोटी उनि त्यही न्युरोड गेटको भिडवाट निस्किन्थिन, अनि लाग्थ्यो लामो पर्खाइले विश्रान्ती पायो । शरीरमा आनन्दको रक्तसंचार हुन्थ्यो । कहिलेकाँही उनि नआउँंदा म साँझ ७ बजेसम्म यतिकै मान्छे गनेर बसिरहेको हुन्छु । अर्को दिन उनलाई हेर्ने इच्छा झन दोब्बर हुन्थ्यो ।
ड्ड
असारको पहिलो हप्ता थियो सायद । अपीस अनामनगर भए पनि काम विशेषले सुन्धारा आएको थिएँ । अपिस छुट्ने समय भइसकेकाले सरलाई फोन गरेर म यतैबाट कोठा लागें भनेर कपनको गाडी चढ्न न्युरोड गेटअगाडी आएँ । दैनिकी सामान्य थियो । दिनहरु आप्mनै वेगमा सललल बगिरहेका थिए । साथीभाइले के छ नयाँ नौलो भनेर सोधे भने उत्तर उहि थियो, ‘उही सब पुरानो त हो ।’

संयुक्त यातायात आयो । गाडी चढेँ । भाग्यले सिट खाली रै’छ । भ्mयालतिर बसें । बस हाक्नै लागेको थियो, शनिश्चरे मन्दिरतिरबाट एउटा केटी कराउदै बाटो काटेर आई । ‘बस चढ्न कस्तो हतारो  ट्याक्सीले झन्डै हानेको देखेर मन मनै सोचेँ, ‘‘एकछिनमा अर्को गाडी आइहाल्थ्यो नि यसरी दौडेर किन बाटो काट्नु ?’’ अलिकति रिस पनि उठ्यो । त्यो भन्दा बढी वास्ता गरिन । गाडी गुड्यो ।

 जमलपछि गाडी अस्तव्यस्त भयो । म भ्mयालबाट बाहिरतिर हेर्दै भित्रको गज्याङगुजुङबाट टाढा हुन खोज्थें । काठमाण्डौको भिडभाड भागदौडसँग आप्mनो जीवनलाई मिलाएर हेर्थें । वाक्क लागेर आउँथ्यो । काठमाण्डौ आएपछिका दिनहरु सम्झिएँ । कलेजका दिनहरु सम्भेंm । विशेष स्मरणिय, मन हर्षले रमाएर यादगार भएको कुनै सम्झना ÷ घटना दिमागमा आएन । थियो होला, तर त्यो वेला आएन । म कसैको जिवनमा पसिन, कोही मेरो जिन्दगीमा पसेनन् । वा भनौं पस्न चाहे तर मैले त्यस्तो मौका दिइन । म साच्चै लाटो, सोझो थिँए सायद ।

कालोपुल आएपछि गाडीको भिड केही पातलियो । केही शान्तीको अनुभव गरेँ । केही निहाँले । म बसेको सिटको अर्को पट्टी छेउमा केटी मन्द मुस्कानमा थिइन । म फेरी भ्mयालवाट बाहिरतिर हेर्न थालेँ । केही कुराले ताने जस्तो लाग्यो । किन न हो किन फेरी टाउको घुमाएर उसैलाई हेर्न मन लाग्यो । लगत्तै फेरी हेरें । उही मुस्कान १ खुसीले प्रज्वलित आँखाहरु, लाग्छन् केही सुन्दर सपना अभैm देखिरहेका छन् ति आँखाले । आप्mनै शुरमा थिइन । अरुको वास्ता थिएन । मैले बारम्वार हेरीरहेँ । हल्का कालो वर्ण लाम्चो मोहोडालाई अद्भुत शितल मन्द मुस्कानले कति प्रकाशमय बनाएको थियो भने मेरो मनको कुनै कुनामा मैले बति बलेको अनुभव गरेँ । मेरो बारम्बारको हेराइले होला उनले पुलुक्क म तर्पm हेरिन । मैले झट्ट अर्को तिर हेरेँ । मुटुले २ चोटी बेस्सरी छातीमा हान्यो । एकछीनसम्म त त्यता हेर्दा पनि हेरीन । मुटुको गति सामान्य भएपछि पछि पनि छड्के पाराले हेरीरहेँ ।म कपन साततल्ले झर्दा उनि गाडी मै थिइन । सायद अलि मास्तिर होला ओर्लिने ।


त्यसपछिका प्राय दिनहरु म अपीस गेटैमा आउँने नेपाल यातायात छोडेर साँझमा न्युरोड गेट अगाडी ड्युटि बस्छु । उनिसँग प्राय भेट हुन्छ । म सँधै संयोगले भेट भएको जस्तो पार्छु । प्रत्येक चोटीको भेटपछी म मेरो सम्झनामा उनको तस्विर थप स्पष्ट भएको पाउँछु तर उसँग भेट्दा उनले म प्रति देखाउने प्रतिक्रियामा पहिले र अहिलेमा कुनै भिन्नता पाउँदीन । मैले उनको ध्यान आकृष्ट गर्ने कुनै काम अहिलेसम्म गरेको छैन, बोल्नु त परको कुरा १ उनि आउँछीन, एक निमेषको लागि आँखा ममा पर्छ, हेराइको भाव यस्तो हुन्छ कि ‘‘ए यो पनि रै’छ ।’’ हामी बिचको सम्बन्ध, परिचय त्यही एउटै बस प्रयोग गर्ने सहयात्रीको मात्र हो । म उनको व्यवहारमा पनि यही पाउँछु । चिन्न त चिन्छीन मलाई तर त्यही संधै गाडी चढ्दा सँगै परिने ‘केटा’ भनेर मात्र । मैले कति पटक उनको लागि खालि सिट छोडेको छु । सायद उनले कहिल्यै बुझिनन् । मैले उठेर यात्रा गरें, यसमा उनले आप्mनो भाग्य वा जितको प्रतिफल ठानिन् । म पनि उसैको जितको अनुभुतिमा सायद बढी खुसी थिएँ ।

उनि आइन । हल्का हरियो रंगको कुर्ता शुरुवाल र एक काँधमा झोला । श्रावणमा पहिलो चोटी लाएकी थिइन् त्यो रंगको कुर्ताशुरुवाल, मलाई अभैm याद छ । नजिकै आइन्, मतिर हेरेर मन्द मुस्कुराइन् । मलाई अनौठो अनुभुति भयो । पहिलो मुस्कान थियो त्यो मलाई देखेर ।

सुरुमा केही वुझिन वा धेरै वुभ्mन खोजें वा धेरै बुभ्mन चाहेर केही बुझिन । मैले बुभ्mन छोडिदिएँ । तर मनमा तनाव अनुभव गरेँ । केही उकुसमुकुस घाँटी सम्म आयो । तर ति मिठा थिए ।

उनि गाडी आउने बाटोतिर हेर्न थालिन । म अभैm उनले फालिदिएको एकचिम्टी हाँसोमा हराइरहेको थिएँ । रुमल्लीरहेको थिएँ । मैले त्यो छोटो मिठो हाँसोको अर्थ उनको अनुहारको भाव र व्यवहारबाट बुभ्mन खोजेँ । उही सनातन रुप, व्यवहार । मैले अर्थको अर्थ लाइन । मैले त्यसलाई वास्ता गरिन । मैले गुलियो चुस्न छोडिन ।

गाडी आयो । चढ्यौँ । आज बस निकै भिड थियो । दुवै उभियौँ । भिडले २ कुनामा परियो । बसभित्र पसिनाको अमिलो गन्ध व्याप्त थियो । तातो अमिलो पसिनाको गन्धले बस थप गुम्म थियो । म उही हाँसोको वरीपरी थिएँ । त्यसैले त्यो गन्धबाट टाढा थिँए । हाँसो सम्झीदा गन्ध हराउँथ्यो । आज यत्रो दिनपछि बल्ल आप्mनो लागि देखेको मुस्कानले पुरा दिन पुर्ण र सुन्दर भए जस्तो लाग्यो । मनको कुनै कुनामा त अनाम यो सम्वन्ध अनिश्चित कुनै गन्तव्यतिर एक पाइला सरेको जस्तो लाग्यो । अनुभुति जति अस्पष्ट भएपनि मिठा लागिरहेका थिए ।


वेला–वेलामा उनीसँग आँखा जुध्थे । उनको आँखा एकछिन मेरा आँखामा अडिउन जस्तो लाग्थ्यो, आँट गरेरै उनिसँग आँखा जुधाइराख्न चाहन्थँे । दुर्भाग्य त्यो एक निमेषको लागि मात्र हुन्थ्यो ।
सिटमा बसेका दाईले पुलुक्क मेरो अनुहार हेरे । चिने जस्तो त लागेन, खै किन हेरेका हुन् ? एकछिनमा फेरी मतिर हेर्दै भने, “भाइ फोन आइरा’छ ।”
बसको गज्याङगुजुङमा के थाहा पाउनु । मोवाइल भाइव्रेट मोडमा थिएन । गोजिमा हात छिराएर यसो हेरें सोनुको रै’छ । उठाउन मन लागेन । मोबाइल साइलेन्टमोडमा राखेँ । कोठा आउनै लागेको थियो । सोचें, “कोठामा पुगेपछी रिप्लाइ गर्छु ।”


सिफलको उकालोदेखि उनले सिट पाइन् । म उठिरहेँ सधैँ भैmँ । बस अभैm अस्तव्यस्त थियो । तर वातावरण आज सहज लागिरहेको छ । चाबेलमा एक हुल मान्छे ओर्लिए । म उनको नजिक गएर उभिन थालेँ । बस फेरी भिडले कोचमकोच भयो । एकछिनमा बस गुड्यो ।


अहिले म ठ्याक्कई उसको छेउमा थिए । उसलाई हेर्नुमा एउटा सितल अनुभव थियो । मिठास थियो । केही बलियो चिजले तानिएँजस्तो म एकोहोरो उसैलाई हेरिरहेको थिएँ । झन आजको उनको हाँसोले थप उसैमा हराईरहेँको थिएँ । उ व्याग खोतल्न थालि, फोन आएको रहेछ, ‘‘हेलो, म गाडीमा, रुम जान लागेको ......... यतिखेर१? ढिलो हुन्छ । .............. ल ल म आएँ ।’’ हतार–हतार व्यागवाट कार्ड र पैसा निकाली र खलासीलाई गोपिकृष्ण वारी रोक्न भनि । खलासीले सिठ्ठी फुक्यो । गाडी रुक्यो ।

‘‘ल ल दिदी चाढै गर्नोस, जाम भइसक्यो ।’’

उनि हतार हतार बसवाट ओर्लिन । लगत्तै ठुलो आवाज आयो । मान्छे चिच्याउन थाले । मेरा मनमा अमिलो पस्यो । मुटु भारी भएजस्तो लाग्यो । बसका मान्छे ओर्लिए । म पनि ओर्लिएँ । बाहिर मान्छे चिच्याइरहेका थिए । भिड जम्मा भइसकेको थियो । “मान्छे हान्यो बसले”े, भिडवाट आवाज आयो । मेरो मुटुमा ढ्याङ्ग्रो बज्यो । खुट्टा काँपेजस्तो भो । भिड चिरेर हेरेँ । हरियो कुर्तासुरुवाल १ रगतमा लतपतिएका । मेरो होस उड्ला जस्तो भो । आँखा तिरमिराए । रिङ्गटा लाग्ला जस्तो भो । छातिमा केही उम्लिए जस्तो भयो । आँखाले केही ओकाल्न खोजेजस्तो भो । तर आशु बगाउन सकिन । आवाज निकालेर रुन सकिन । बिसाक्त अनुहार लिएर उही मुर्तिवत उभिरहेँ । एकछिन त त्यही भिडमा हराउन खोजेँ ।
पुलिसहरु आए । बस तोडफोड हुँदैथ्यो । ड्राइवरको अत्तोपत्तो थिएन । शवलाई ओम हस्पिटलतिर लगियो । म पनि यन्त्रवत भिडको पछि–पछि लागेँ ।

“कसलाई हानेको ? को रै’छिन ?” मान्छे सोध्दै थिए । मैले आपैmलाई सोधेँ, “को हुन उनि ? के नाम हो ? म सँग के सम्वन्ध छ उनको ?”
उत्तर कतैबाट पाउन सकिन । तर यसको मतलब के साच्चै म उनलाई चिन्दीन र ? हामिविचमा केही सम्वन्ध छैन ? म आपैm स्पष्ट थिइन । तर मनमा केही थियो, जसलाई म व्याख्या गर्न सक्दैनथें ।
फेरी त्यही रगतमा लतपतिएको शरीर हेर्ने आँट आएन । गेटमा त्यतिकै हल्लीरहेँ । अध्यारो भइसकेको थियो । कोठा जान मन लागेन । यहि अन्धकारमा आफुलाई लुकाउन मन लाग्यो । यही भिडमा हराउन मन लाग्यो । म सवै मान्न तयार थिइन । म वास्तविकतादेखि भाग्न चाहन्थे ।

भिड पातलिदै गयो । रात छिप्पिदै गयो । अस्पताल परिसरमा रुवाबासी चल्यो । सायद आफन्त आए होलान । मेरा आँखा भरिए ।म यी सबबाट भाग्न चाहन्थें । मेरा गोडाले यन्त्रवत मलाई कोठातिर हिँडाए । म घस्रिदै हिडें । कोतरिदै हिडें । पछाडी केही छुटे जस्तै लागीरहेको थियो । लाग्यो, मेरा जिन्दगीको एउटा पाटो हरायो ।म भित्रको एउटा ‘म’ को मलामी गएर फर्किरहेकोे थिएँ, लागिरहेको थियो भर्खर आर्यघाटमा कसैलाई खरानी बनाएर आएँ । अँधेरी एकान्तमा आँखाले भेल रोकीराख्न सकेनन् ।रोएँ । हृदयको कुनै कुनाबाट केही उद्घोष भएजस्तो लाग्यो । यो एकान्त अन्धकारमा चिच्चाएर भन्न मन लाग्यो, “हो, म उनलाई प्रेम गर्थें ।”